Tuesday, 12 October 2021

पुस्तक समीक्षा - समर लभ

धेरै बर्षअघि, सायद सन् २००८ मा, म युके को एकजना साथीसंग म्यासेन्जरमा च्याट गर्दै थिएँ. बिबाह त भएको थिएन तर उनि आफ्नो प्रेमीसंगै बस्दै आएकी थिईन्, जसलाई त्यहाँको समाजले सहज रुपमा लिने गर्दछ, जुन कुरा हाम्रो नेपाली समाजमा अहिले पनि अपाच्य नै छ. यसै प्रसंगमा कुराकानी हुदै जाँदा बिबाह अघिको शाररिक सम्बन्ध (premarital sex) का बिषयमा प्रवेश भयो. उनि भन्दैथिईन्, "तिम्रो समाजले बिबाह अघिको शाररिक सम्बन्धलाई स्वीकार्दैन किनभने सेक्सलाई पबित्रतासंग गाँसेर हेर्छ. मेरो बिचारमा सेक्स न त पबित्र क्रिया हो न अपवित्र."

हिजो मात्र मैले सुबिन भट्टराई द्वारा लिखित नेपाली उपन्यास "समर लभ" पढेर सिध्याएँ. यस उपन्यासको उत्तरार्धतिर दुई पात्रहरु बीच शाररिक सम्बन्धको प्रसंग छ, जसका बिषयमा ती पात्रहरुको धारणा माथि उल्लेखित मेरो साथीको विचारसंग मिल्दो-जुल्दो थियो. उनीहरुले शाररिक सम्बन्धलाई पबित्र वा अपवित्र, पाप वा धर्म, सुकर्म वा कुकर्म, प्रेम वा बास्ना जस्ता व्याख्याभन्दा अलग्गै अस्तित्वको क्रियाका रुपमा सहजताकासाथ स्वीकार गरेको देखिन्छ. उपन्यासको यौनप्रतिको यो उदारताका कारण पनि भर्खरै खुल्दै आएको नेपाली समाजका युवा बर्गले यस उपन्यासलाई अत्याधिक रुचाएको हुनुपर्छ भन्ने मेरो अनुमान छ. कथामा नयाँ नौलो बिषय केहि नभए पनि, प्रेम प्रसंगको वरिपरी घुमेको यस उपन्यासले समसामयिक सोच र जीवन शैलीलाई चित्रण गर्न सफल भएको छ. कलेज जीवन र कलेजमा हुने प्रेम प्रसंगलाई समसामयिक रुपमा प्रस्तुत गरिएकोछ. उपन्यासको अन्तिमतिर,  प्रेम वियोगबाट मूल पात्रको मानस पतलमा उत्पन्न भएका सम्बादहरुमा लेखकले आवस्यक भन्दा बढी शब्दहरु र पृष्ठहरु खर्चेको भान भयो.

अत्याधिक पाठकहरुले उपन्यासको अन्त्य खल्लो भएको प्रतिक्रिया जनाइरहंदा मलाई चाहि उपन्यासको पुरै कथा एकजना पात्रको कोणबाट बताइएको र अर्को पात्रको कोणलाई अधुरो नै छोडी अर्को sequel book का लागि थाँती राखी suspense मा कथा अन्त्य गरेको साह्रै मनपर्यो.

व्यक्तिगत रुपमा मलाई यो विधा (genre) का पुस्तकहरुमा खासै रुची लाग्दैन. तर पनि सर्वाधिक रुचाइएको उपन्यास भएका कारणले मैले यो उपन्यास पढेको हुँ . उपन्यास सारै सरल र समसामयिक भाषामा लेखिएको छ. हलुका साहित्यमा रुची हुने बिशेषत: भर्खरका युवाहरुलाई यो उपन्यास राम्रो लाग्न सक्दछ. साहित्यको गहिराइमा डुब्न चाहने वजनदार साहित्यमा रुची हुने पाठकहरुलाई भने यो उपन्यास फिक्का लाग्न सक्छ. संसारमा सबै कुरा सबैलाई कहाँ मनपर्छ र ? जे होश यो उपन्यास रुचाउने पाठकहरुले यसको sequel उपन्यास "साया" अवश्य पढ्नेछन् .

अन्तमा, यस उपन्यासको नाम "समर लभ" चाहि किन रह्यो भन्ने मैले बुझ्न सकिन .        

Friday, 1 October 2021

The Ocean

A little wave was bobbing along in the ocean, having a grand time. It was enjoying the wind and the fresh air until it noticed the other waves in front crashing against the shore.

"My God, this is terrible," the wave said. "Look what's going to happen to me?"

Then came along another wave. It saw the first wave, looking grim, it asked, "Why do you look so sad?"

The first wave replied, "We're all going to crash! All of us waves are going to be nothing. Isn't it terrible?"

The second wave said, "No, you don't understand. Actually, you're not a wave, you're a part of the ocean. You are the ocean."